arrow

निर्णायक वार्ता निष्कर्षविहिन, मोर्चा सीमाङ्कनभन्दा माथि उठेन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1268606007.jpeg
काठमाडौं । शीर्ष दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको वार्ता फेरि पनि निष्कर्षविहिन भएको छ । मोर्चासँग पहिलो पटक नेपाली कांग्रेससहित शीर्ष तीन दलका नेताहरुले वार्ता गरेपनि निष्कर्षमा पुग्न सकेन । अर्को तिर यो बार्तालाई दुवै पक्षले सघन तथा निर्णायक भनेका थिए । 
 
सिंहदरबारमा आइतबार साँझ भएको वार्तामा शीर्ष तीन दलका नेताहरुले संसदमा दर्ता भएको संविधान संशोधन प्रक्रियामा सहयोग गर्न र आन्दोलन रोकेर वार्तामा जोड दिन आग्रह गरेकामा मोर्चाका नेताहरुले अब बन्ने प्रदेशको सीमाङ्कनको विषयमा पुनःविचार नगरेसम्म आन्दोलन जारी रहने अडान राखे । 
 
वार्तामा कांग्रेस नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता झलनाथ खनाल र मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका सह–अध्यक्ष लक्ष्मणलाल कर्णलगायत सहभागी थिए । मोर्चाका नेताहरुले यसअघि कांग्रेसबिनाको वार्ता अर्थहिन हुने बताउँदै आएका थिए । तस्वीर:रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ