arrow

मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ विधिवत रुपमा सुरु, चाडलाई नाकाबन्दीको असर

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
722280108.jpeg

जनकपुर । मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ आइतबार (आज) बाट विधिवत रुपमा सुरु भएको छ । चार दिनसम्म मनाइने छठका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा, रौतहटसहित तराईका जिल्लाका नदी पोखरी सिंगारिएका छन् । मैथिल समुदायले छठको पहिलो दिन अरबा अरबाइन मनाउँने गर्दछन् ।

ब्रत अर्थात उपवास बसेको समयमा माछा, मासु, लसुन, प्याज, कोदो, मुसुरो जस्ता खानेकुरा नखाने प्रचलन छ । छठको दोस्रो दिन खरना मनाइन्छ ।

गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालु दिनभरी निराहार व्रत बस्ने गर्दछन् । राति चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्ने गर्दछन् ।

छठको तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ । अन्तिम तथा चोथौं दिन उदाउँदै गरेको सूर्य र षष्ठी मातालाई अर्घ दिएपछि छठ समापन हुन्छ ।

मिथिलाञ्चलमा यो पर्व विशेष गरेर पारिवारिक सुख, शान्ति, कल्याण, आरोग्य तथा मनोकांक्षा पूरा हुने विश्वासका साथ सूर्यको उपासना गरी मनाउने परम्परा छ ।

यद्यपि, सय वर्ष मधेस आन्दोलन र भारतीय नाकाबन्दीले जनजीवन असहज भएपछि विगत जस्तो रौनक देखिएको छैन । नाकाबन्दी र आन्दोलनको असर चाडबाडमा समेत परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ