पर्सा। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले वीरगन्जमा एक ट्रकमा आगजानी गरेका छन्। बन्दअवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले आज बिहान दुई बजेको समयमा वीरगन्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसनजिकै ना ४ ख ११६९ नम्बको ट्रकमा आगजनी गरेका हुन्।
मोर्चाका कार्यकर्ताले गरेको आगजनीमा परी ट्रकका चालक बस्ने क्याबिन पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुईवटा मोटरसाइकलमा आएका चार युवाले रोकिराखिएको उक्त ट्रकमा आगजनी गरेको प्रहरी नायब उपरीक्षक यादव घर्तिमगरले बताउनुभयो । घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।