arrow

प्रधानमन्त्री ओलीलाई एक महिनापछि दिए ओबामाले शुभकामना; नेपालसँग काँधमा काँध मिलाएर हिँड्ने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
690707635.jpeg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकाका राष्ट्रपति बाराक ओबामाले उहाँ नेपालका प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । 
सो बधाई सन्देश नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको हो । 
 
सन्देशमा राष्ट्रपति ओबामाले अमेरिकी जनताले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट उठ्न लागेको र प्रजातान्त्रिक संस्थाहरुलाई सुदृढ गर्न लागेको नेपालसँग काँधमा काँध मिलाएर हिँड्ने विश्वास दिलाउनुभएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
सन्देशमा भनिएको छ –“संयुक्त राज्य अमेरिका नेपालको दीर्घकालीन आर्थिक वृद्धि प्रयासका रुपमा शताब्दी चुनौती संस्था(मिलेनियम च्यालेन्ज कर्पोरेसन)लाई नेपाल सरकारसँग मिलेर निरन्तरता दिन चाहन्छ ।” उहाँले दुई देशबीचको ७० वर्ष लामो साझेदारीको स्मरण गर्दै नेपालमा एकता, समृद्धि र पूर्ववत् अवस्थामा फर्कने कामका लागि बढावा दिन मिलेर काम गर्न अमेरिका तयार रहेको पनि स्पष्ट गर्नुभयो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ