arrow

बाबुरामलाई सघाउन गोरखामा बन्यो नयाँ शक्ति

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
गोरखा । नयाँ शक्ति निर्माण अभियानमा जुटेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई सघाउन गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा नयाँ शक्ति गठन भएको छ । 

आज भएका छुट्टाछुट्टै भेलाले गोवर्धन श्रेष्ठको संयोजकत्वमा गोरखा नगरसमिति र अशोक देवकोटाको संयोजकत्वमा पालुङटार नगरसमिति गठन गरिएको हो । गोरखा नगर समितिमा १५१ सदस्य छन् । पालुङटार नगरसमितिमा ५१ जना सदस्य रहेको नयाँ शक्ति अभियानका गोरखास्थित नेता रमेश पोखरेलले बताए । 

त्यस्तै, पालुङटारमा १३५ सदस्यीय नयाँ शक्ति अभियान टोलीसमेत गठन भएको छ । दुर्गानारायण श्रेष्ठको अध्यक्षतामा भएको भेलामा केन्द्रीय अभियन्ता महेन्द्र श्रेष्ठ, जिल्लाका अगुवा रमेश पोखरेललगायतको उपस्थिति थियो । 

त्यस्तै गोरखा नगरपालिकाको भेलामा केन्द्रीय अभियन्ता रमेश सिग्देल, जिल्ला नेता ज्ञानेन्द्र कुमाललगायतको सहभागितामा नयाँ शक्ति गठन गरिएको हो । गाउँगाउँमा भेला निरन्तर रहने र नयाँ शक्ति अभियानलाई निरन्तरता दिइने पोखरेलले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ