- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । तिब्बती आध्यात्मिक गुरु दलाई लामाको बिग्रदो स्वास्थ्यप्रति चिन्ताका बीचमा अमेरिकाले चीनको लागि केही सीमाहरू तय गर्ने विचार गरेको छ । तिब्बती आध्यात्मिक गुरुको उत्तराधिकारी छनौटमा हस्तक्षेप नहोस् भनेर अमेरीकाले चीनमाथि सीमा तय गर्ने भएको हो ।
एक वरिष्ठ अधिकारीको चेतावनी र कांग्रेसमा विचाराधीन एक विधेयक मार्फत अमेरिकाले चीनलाई उत्तराधिकारी छनौट प्रक्रियामा हस्तक्षेप गरे अन्तर्राष्ट्रिय तहमा अपमानको सामना गर्नुपर्ने स्पष्ट पारेको छ ।
८४ बर्षका १४ औं दलाई लामाले आफ्नो भेटघाट तथा यात्राहरुलाई लगातार घटाएका छन् । उनलाई छाती संक्रमणको कारण यस वर्षको शुरूमा अस्पतालमा भर्ना गरिएको थियो।
यद्यपि उनको गम्भीर स्वास्थ्य समस्या रहेको कुनै संकेत पाइएको छैन। दलाई लामाको मृत्युले हिमालयन क्षेत्र (तिब्बत) लाई बढी स्वायत्तता दिने उनको प्रयासलाई ठूलो झटका सावित हुने तिब्बती कार्यकर्ता र चीनले राम्ररी बुझेको छ ।
चीनले नौ वर्षदेखि दलाई लामाका प्रतिनिधिहरूसँग कुनै वार्ता गरेका छैनन् । चीन आफैले उनको उत्तराधिकारीले चीन छनौट गर्न चहान्छ । जसले तिब्बतमाथिको शासनलाई समर्थन गर्नेछन्।
अमेरिकी कांग्रेसमा हालसालै पेश गरिएको विधेयकले तिब्बती बौद्ध उत्तराधिकार परम्परामा कुनै पनि चिनियाँ अधिकारीले गर्ने हस्तक्षेपमाथि प्रतिबन्ध लगाउन अपिल गरिएको छ।
पूर्वी एसियाका लागि विदेश मन्त्रालयका अधिकारी डेभिड स्टिलवेलले कांग्रेसलाई भनेका छन्,'अमेरिकाले तिब्बतीहरूको अर्थपूर्ण स्वायत्तताका लागि निरन्तर दबाव दिनेछ।'