माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई असोज महिनाभर १९ प्रकारका छुट दिने
प्रकाशित २०७६ असोज १ बुधबार
575
Shares
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई विभिन्न १९ प्रकारका छुटको योजना सार्वजनिक गरेको छ । बैंकले बैंकिङ कारोबार शुरु गरेकोे १९ वर्ष पुरा गरेर २०औं बर्षमा प्रवेशको अवसरमा असोज महिनाभर ग्राहकलाई आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गरेको हो ।
बैंकले ग्राहकलाई असोज महिनाभर डेबिट कार्ड ,डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क रुपमा खोल्ने जनाएको छ । साथै माछापुच्छ्रे महोत्सव अन्तर्गत भाटभटेनी सुपरमार्केटहरुमा माछापुच्छ्रे बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामानहरु खरीद गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
यो योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत र गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ ।
स्थापनाको २० वर्षमा आईपुग्दा बैंकले नेपालभर आफ्ना १ सय ३७ वटा शाखा, १ सय २८ शाखा रहित बैकिङ्ग सेवा तथा १ सय ६० वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।