arrow

माछापुच्छ्रे  बैङ्कले शिक्षण अस्पताल महाराजगन्जमा १२ औँ एक्सटेन्सन काउन्टर सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १८ शुक्रबार
mbl-tu-teaching-hosptial-mou-jan-2026.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्कले काठमाडौँको महाराजगन्जस्थित देशकै ठूलो अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आफ्नो १२ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। अस्पतालमा उपचार तथा सेवा लिन आउने सेवाग्राहीको सुविधा र सहजतालाई मध्यनजर गर्दै, बैङ्कले उक्त काउन्टर सञ्चालन गर्न लागेको हो।

शिक्षण अस्पतालमा बैङ्कको एक्सटेन्सन काउन्टर निर्माण गरी सञ्चालनमा ल्याउनका लागि सम्झौता पत्रमा द्विपक्षीय हस्ताक्षर गरिएको छ। सम्झौतामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा.सुवास प्रसाद आचार्य तथा बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन्।

सम्झौता पश्चात् अस्पतालले उपलब्ध गराएको स्थानमा बैङ्कले आवश्यक संरचना निर्माण गरी काउन्टर सञ्चालनमा ल्याउने छ। यस अघि अस्पताल परिसरमा एटिएम जडान गरी सेवा प्रवाह गर्दै आएको बैङ्कले उक्त काउन्टर मार्फत शिक्षण अस्पतालमा आउने बिरामीहरूले उपचारका क्रममा बिल भुक्तानी तथा रेमिट्यान्स सेवा लगायतका विभिन्न बैङ्किङ कारोबार सहज रूपमा प्रदान गर्नेछ।

बैङ्कले सरकारी तथा सार्वजनिक निकायहरूलाई अत्याधुनिक बैङ्किङ सेवा प्रदान गर्ने अभियानमा थप एक महत्त्वपूर्ण पहल लिएको छ। बैङ्कले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सेवाग्राही तथा अस्पतालका आर्थिक कारोबारलाई डिजिटलाइज गर्न सहयोग पुर्‍याउने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ