माछापुच्छ्रे बैङ्क पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्समा सहभागी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
687
Shares
तस्बिर : फाइल
माछापुच्छ्रे बैङ्क लिमिटेडले वित्तीय क्रियाकलापबाट हुने हरित गृह ग्यास उत्सर्जनको मापन तथा मूल्याङ्कन र यसको न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) सँग सहकार्य गरेको छ।
पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) विश्वव्यापी साझेदारीको रूपमा विश्वका विभिन्न देशमा रहेका ६०० भन्दा बढी वित्तीय संस्थाहरूसँग ऋण र लगानीसँग सम्बन्धित हरित गृह ग्यास (जीएचजी) उत्सर्जनको मूल्याङ्कन र सो को विवरण प्रकाशन गर्न एक सामञ्जस्यपूर्ण दृष्टिकोण विकास र कार्यान्वयन गर्न मुख्य भूमिका खेलिरहेको छ।
पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) ले विश्वव्यापी मान्यता प्राप्त मापदण्ड मार्फत बैङ्क तथा वित्तीय संस्थाहरूलाई आफ्ना वित्तीय क्रियाकलापबाट हुने उत्सर्जन हरित गृह ग्यासको पहिचान गरी भरपर्दो जलवायु रणनीति अपनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ।
विश्वमा बढ्दै गइरहेको हरित गृह ग्यास र यसबाट भविष्यमा उत्पन्न हुन सक्ने जटिल समस्याका बारेमा सचेत रहेको माछापुच्छ्रे बैङ्क लिमिटेडले पनि पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) मा सहभागी भएर आफ्नो व्यावसायिक कार्य प्रणाली तथा दीर्घकालीन रणनीतिमा वातावरणीय उत्तरदायित्वलाई अझ मजबुत बनाउने प्रतिबद्धता गर्दछ।
यो कदमले बैङ्कको जलवायु एजेन्डालाई थप सुदृढ बनाउँदै, वित्तीय क्रियाकलापबाट पर्ने वातावरणीय प्रभाव बुझ्न, जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउन तथा नेपालले लिएको कम–कार्बन उत्सर्जन को नीति तथा जलवायु–लचक दार अर्थतन्त्रतर्फको यात्रालाई सहयोग पुर्याउने विश्वास बैङ्कले लिएको छ।