नेबिसंघ नेता कापडीद्वारा विद्यालयलाई पुस्तक हस्तान्तरण
प्रकाशित २०७६ जेठ ५ आइतबार
312
Shares
डडेलधुरा। डडेलधुराबाट प्रतिनिधित्व गर्ने विद्यार्थी नेता दुर्गा कापडीले जिल्लाको एक विद्यालयलाई पाँच सय पुस्तक हस्तान्तरण गरेका छन्। उनी आफै अध्ययन गरेको विद्यालय भुवनेश्वरी माबी जैसेरालाई कापडीले पुस्तक हस्तान्तरण गरेका हुन्।
आफ्ना बुवा तथा नेपाली कांग्रेस गाउँ इकाइ सभापति मार्फत कापडीले पुस्तक हस्तान्तरण गरेका हुन्। सोही अबसरमा विद्यालयले कापडीका बुवा धनीराम कापडीलाई सम्मान समेत गरेको छ।
विभिन्न किसिमका गरि कम्तीमा दुई लाखका पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको प्रअ जयराज भट्टले जानकारी दिए। सो पुस्तक विद्यालयलाई पुस्तकालय निमार्ण गर्न टेवा पुग्ने कार्यक्रमका प्रमुख अतिथी सेर बहादुर भण्डारीले बताए।