भागवण्डामा छानियो नेकपाको जनवर्गीय संगठनका प्रमुख, कसको भागमा के पर्यो?
प्रकाशित २०७६ जेठ २ बिहिबार
375
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय संगठनको नेतृत्व भागवण्डामा टुंगिएको छ । लामो रस्साकस्सीपछि नेकपाको सचिवालय बैठकले बिहीबार सबै जनवर्गीय संगठनको प्रमुखको जिम्मेवारी टुंग्याएको हो ।
बैठकले अनेरास्ववियुको अध्यक्षमा पूर्व एमाले निकट ऐन महरलाई चुनेको छ । त्यस्तै युवा संघको जिम्मा पूर्व माओवादी निकट वाइसियल अध्यक्ष दीपशीखालाई दिइएको छ ।
महिला संगठनको जिम्मा पूर्व माओवादी नेतृ अमृता थापामगरलाई दिँदा पत्रकारको संस्था प्रेस संगठनको जिम्मा महेश्वर दाहाललाई दिइएको छ। दाहाल पूर्व माओवादी हुन् ।
बुद्धिजीवी संगठनको अध्यक्ष डा. दिनेशचन्द्र देवकोटालाई बनाइदा मजदूर संगठनको अध्यक्ष विनोद श्रेष्ठलाई बनाइएको छ । देवकोटा पूर्व एमाले हुन भने श्रेष्ठ पनि पूर्व एमाले हुन ।