arrow

एभिन्युजको कार्यालयमा तोडफोड

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
avenues-tv.png

वीरगञ्ज । एभिन्युज खबरको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ । कार्यालयमा कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन् ।

कार्यालय तोडफोड गर्ने समुहले आफुहरु समाजवादी पार्टीका कार्याकर्ता भएको बताएका थिए । वीरगञ्जस्थित एभिन्यूनकर्मी पत्रकार मुस्कान श्रेष्ठका अनुसार कार्यालयमा काम गरिरहेको अवस्थामा साढे १२ बजेतिर मुखमा कालो बाँधेका केही मानिसहरू आएर तोडफोड गरेका हुन् ।

 उनले कार्यालयको सिसा फुटाएको अफिसको ब्यानर पनि च्यातिदिको बताए । उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज खबरले सकस राजनीति कार्यक्रममा लिएको अन्तर्वार्तामा आइतबार प्रसारण भएको थियो ।

 उक्त अन्तर्वार्तामा सकस राजनीतिका प्रस्तोता सुशील पाण्डेले सोधेको प्रश्नको उत्तर नदिई यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्केका थिए ।

सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगञ्ज कार्यालय तोडफोड गरेका हुन् । अहिले प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ