१५ वर्षीया शितलको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ वैशाख ३० सोमबार
406
Shares
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर ४ पंचमी स्थित कार्तिके भन्ने स्थानमा एक बालिकाको हत्या भएको अवस्थामा गएराती शव फेला परेको छ ।
मृत्यु हुनेमा स्थानिय १५ वर्षीया शितल योङहाङ रहेका छन् ।
घरबाट १० मिनेट टाढा खोल्सी छेउमा घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले बताए।
अहिले उनको पोष्टमार्टमको तयारी भइरहेको उनले बताए । घटना कसले गर्यो भन्ने अहिले सम्म पत्ता नलागेको हुँदा खोजी कार्य भइरहेको उनले जनाकारि दिए ।