अढाई वर्षीय बालकको हत्यापछि कलिला विद्यार्थी उत्रिए प्रदर्शनमा
निरंजन कुमार साह,
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
226
Shares
जनकपुरधाम। धनुषाको ढल्केवरस्थित आधा दर्जनभन्दा बढी निजी विद्यालयका विद्यार्थीहरूले बालक आर्यन साहको हत्यारालाई यथाशीघ्र पता लगाई कारवाहीको माग गर्दै शान्तिपुर्ण प्रदर्शन गरेका छन् ।
धनुषाको मिथिला नगरपालिका ढल्केवरमा बालक हत्याका अभियुक्तलाई कारवाहीको माग गर्दै विद्यार्थीहरूले बुधबार शान्तिपुर्ण र्याली प्रदर्शन गरेका हुन ।
नगरका विभिन्न भागको परिक्रमा गरेको सो र्यालीमा दर्जनौ विद्यार्थीहरूको सहभागिता रहेका थिए । गत सोमबार राती देखि बेपत्ता रहेको स्थानीय शम्भु साहको अढाई वर्षीय छोरा आर्यन साहको हत्या गरिएको अवस्थामा मंगलबार बिहान शव फेला परेका थिए।
बच्चा वेपत्ता भए लगत्तै आफन्तले इलाका प्रहरी कार्यालय ढल्केवरमा उजुरी दर्ता गराएका थिए।