एघार बजे देखि नचलेका सरकारी साइटहरु चार बज्न लाग्दा मात्र खुले
प्रकाशित २०७६ वैशाख २२ आइतबार
327
Shares
काठमाडौ । नेपाल सरकारसग सम्बन्धीत सरकारी साइटहरु बिहान ११ बजे देखि नचलेका सरकारी साइटहरु कार्यालय बन्द हुने बेला ४ बज्न लाग्दा मात्र खुलेका छन् । राष्ट्रिय सूचना प्रबिधि केन्द्रका अनुसार डिएनमा समस्या देखिए पछि अधिकाशं सरकारी साइटहरु चल्न सकेका थिएनन् ।
नेपाल सरकारका सबैसाइटहरु राष्ट्रिय सूचना प्रबिधि केन्द्रको डाटा सेन्टरमा राखिएका छन् । राष्ट्रिय सूचना प्रबिधि केन्द्रका सहायक निर्देशक रमेश पोख्रेलका अनुसार डिएनमा आएको समस्या समाधान गर्न अलिक धेरै समय लागेको बताए । सरकारीका अधिकाशं साइटहरु चल्न सुरु भइसकेको पनि उनले जानकारी दिए ।