arrow

धार्मिक सहिष्णुताका लागि सबै धर्मको महायज्ञ शुरु

logo
प्रकाशित २०७६ वैशाख २१ शनिबार
yagya-all-religion.jpg

भोजपुर। सबै ओमकार परिवारलाई एक शुत्रमा बाँध्ने तथा धर्म परिवर्तनलाई निरुत्साहित गर्ने उद्देश्यले भोजपुरको प्रसिद्ध सिद्धकाली मन्दिरमा आजदेखि पाँचदिने महायज्ञ शुरु भएको छ । यज्ञमा हिन्दू, बौद किरात, जैन सिख धर्मका गुरुले एकै थलोबाट प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सबै जातजातिबीच धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले पहिलोपटक बहु धार्मिक एवं बहुसांस्कृतिक यज्ञ सञ्चालन भएको हो । 

यसले सबै ओमकार परिवारलाई एकले अर्काको धर्मप्रति भाइचाराको भावना जागृत गर्ने मुख्य गुरु श्रीहरि आध्यात्मिक गुरुकूल मनकामना धामका संस्थापक अध्यक्ष श्रीहरि लक्ष्मण गुरुले बताए । उनले एक वर्षमा ११ वटा महायज्ञ लगाउने लक्ष्य रहेकामा यो दोस्रो महायज्ञ रहेको जानकारी दिए। 

अहिले धर्मको नाममा किनबेच शुरु भएकाले त्यसबाट बचाउनका लागि सबै धर्ममा आस्था राख्ने गुरुलाई एकै ठाउँमा उभ्याएर त्यसबाट सन्देश दिइने हिन्दू जागरण नेपाल भोजपुरका अध्यक्ष बोधराज आधिकारीले बताए। 

सो अवसरमा ११ लाख दिपद्वारा सिद्धकाली माताको महाआरती गरिएको थियो । यज्ञमा महारुद्री, किरात राई मुन्दुम तथा लामा गुरुबाट  छोकापाठ गरिने आयोजकको भनाइ छ । यज्ञ शुरु हुनुपूर्व भोजपुर बजारमा कलशयात्रासमेत गरिएको छ । स्थानीयले सबै धर्मका धर्म गुरुलाई एकै ठाउँमा उभ्याएर ज्ञान दिनु निकै राम्रो र सराहनीय काम भएको प्रक्रिया दिएका छन् ।
 
किरात राई यायोक्खाको जिल्ला सचिव विदुर राईले भने, “पछिल्लो समय धर्मका नाममा समाज विखण्डनतिर जाने अवस्था छ, यस्तो कार्यले सबै जातजातिबीच धार्मिक सहिष्णुता बढाउँछ ।” कार्यक्रममा विभिन्न जातजातिको संस्कार संस्कृति झल्कने झाँकी प्रदर्शन, गरिएको छ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ