पुराना कार्यकर्ता चौहानको उपचारका लागि कांग्रेसद्वारा सहयोग
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
300
Shares
पुनर्वास । नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले पुराना पार्टी कार्यकर्ता कृष्ण बहादुर चौहानलाई मंगलबार २० हजार आर्थिक साहायता गरेको छ । नेपाली कांग्रेस कञ्चनपुरका नेता तथा पुर्व सांसद दिवानसिंह बिष्ट र क्षेत्र नम्बर १ का सभापती गोपी प्रसाद उपाध्यायले पुराना कार्यकर्ता चौहानलाई आर्थिक साहायता संयुक्तरुपमा हस्तान्तरण गरेका हुन ।
पुनर्वास नगरपालिका ४ घ गाउँका नेपाली कांग्रेसका वडा संयोजक चन्द्रमणी गैरेको संयोजनमा मंगलबार आयोजित साहायता हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस पुनर्वास नगर सभापती यमप्रसाद पौडेल , पुनर्वास नगरका मेयर पदका उम्मेदवार तोयप्रसाद शर्मा , हरिप्रसाद अधिकारी , कृष्णभक्त पौडेल लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
२०४६ साल देखि नेबिसंघको राजनीति बाट पार्टीमा सकृय रहेका चौहानको स्वास्थ्य अबस्था कमजोर रहेकाले पार्टीमा उनले पुगाएको योगदानको कदर गर्दै उपचारकालागी सहयोग गरिएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति उपाध्यायले बताए ।
बिगत देखि पार्टी संगठनलाई योगदान पुगाउदै आएका कांग्रेस कार्यकर्ताको संरक्षणमा पार्टीले पहल गर्दै कार्यकर्ता बीच भावनात्मक सम्बन्ध स्थापित गराउन क्षेत्रमा नेपाली कांग्रेसले पहल गरेको पुर्व सांसद बिष्टले बताए ।
त्यस्तै साहायता सानो ठूलो नहुने र पार्टीको संगठन निर्माणमा योगदान पुगाएका चौहानलाई नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले गरेको सहयोग पार्टी लाई भावनात्मक रुपमा कार्यकर्ता संग जोडने महत्वपूर्ण पहलको थालनी गरिएको नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार शर्माले बताए ।
पार्टी मा अबिचलित रुपमा लागेर संगठनमा आवद्ध कार्यकर्तालाई साहायता जुटाउने कार्यले कार्यकर्ताको मनोबल उच्च बनेको हरि अधिकारीले बताए ।