जनताले अनुभूत गर्ने नीति तथा कार्यक्रम ल्याउन नेकपा सचिवालयको सुझाव
प्रकाशित २०७६ वैशाख १६ सोमबार
354
Shares
काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले सरकारलाई जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका छन् ।
पार्टीको चुनावी घोषणापत्रअनुसार समाजवादोन्मुख संविधानको मर्म र भावनालाई समेत ध्यान दिएर नीति तथा कार्यक्रम र बजेट ल्याउन आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकले सरकारलाई सुझाव दिएको हो ।
सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संविधानमै भएको व्यवस्थानुसार हरेक जेठ १५ गते बजेट प्रस्तुत गरिन्छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आम जनताले अनुभूत गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन आफूहरुले सरकारलाई सुझाव दिएको जानकारी दिए । बैठकले केन्द्रीय सदस्यको कार्यविभिाजन, जनसङ्गठनको एकतालगायत विषयमा निर्णय गर्ने अपेक्षा गरेपनि कुनै निर्णय भएन । यसअघिको सचिवालय बैठकले पार्टीका जिल्ला अध्यक्ष र सचिवहरुको टुङ्गो लगाएको थियो ।