पक्राउ पर्ने डरले आयोगको कर्यालयमा विप्लव कार्यकर्ताको बास
प्रकाशित २०७६ वैशाख १० मंगलबार
261
Shares
नेपालगन्ज । प्रहरीले पुनः पक्राउ गर्ने आशंकामा नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका एक कार्यकर्ता राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् । जिल्ला अदालत बाँकेबाट मानवअधिकार अनुगमन टोलीको निगरानीमा साधा तारेखमा छुटेका नेकपा सदस्य निकट दान बहादुर फडेर आयोग पुगेका हुन् ।
राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले फडेर आयोगमै रहेको बताएका छन् । ‘उहाँ प्रहरीप्रति आशंकित भई आयोग आउनु भएको हो’, उनले भने, ‘हामीले घटनाबारे बुझिरहेका छौं ।
'फडेरा सोमबारदेखि अहिलेसम्म आयोगको कार्यलयमा नै हुनुहुन्छ उहाँले बाहिर असुरक्षित अनुभुती गरेपछि हामीले कार्यलयमा नै राखेका छौं ।' आयोगका एक अधिकारीले भने ।
साथै प्रहरीले सोमबार राति १० बजे आयोग कार्यलय पुगि सुरक्षा गार्डलाई ढोका खोल्न भनेका थिए ।