काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले भर्ना भएका विरामीलाई खुवाउने खानाको टेन्डरमा ब्यापक अनियमितता भएको पाइएको छ ।
अस्पतालले एक बर्ष भरी खाना खुवाउन आवश्यक खाद्यान्हका लागि गत वर्षको माघ ८ गते सार्वजनिक सुचनामार्फत इ टेन्टर आब्हान गरेको थियो ।
जसमा टेन्डर भर्ने इच्छुक फर्मले अनिवार्य रूपमा फर्मको उद्देश्य खाद्यान्ह सप्लाई हुनुपर्ने भएको र कम्तीमा तीन वर्षदेखि सप्लाई गरेको हुनुपर्ने उल्लेख थियो ।
अस्पतालले जारी गरेको म्यादभित्र तीनवटा फर्मले इ टेन्डर दर्ता गराएका थिए । जसमा न्यु सूयोग, न्यु आर के र महाकाल सल्लायर्स थिए ।
फागुन ९ गते खुलेको टेन्डरमा न्यु आर के र महाकाल दुवैले न्यूनतम आवश्यकता पूरा गरेका थिए भने न्यु सुयोगको दुवै प्रमाण पत्र थिएन ।
तर वीर अस्पताल खरिद प्रमुख भगवती थपलियाले मिलेमतोमा न्यु सुयोगलाई नै टेन्डर दिने निर्णय गरेको उच्च स्रोतले बताएको छ ।
भगवतीलाई कार्वाही गर्न गत वर्षको कार्तिकमा राष्ट्रिय सतर्कता केन्द्रले भनेको थियो । तर त्यसलाई लत्याएर उनलाई त्यहीं राखिएको थियो । अस्पताल उच्च स्रोत भन्छ – तीन महिना लगाएर सतर्कता केन्द्रले गरेको छानबिन लत्याइयो ।
उनलाई कार्वाही गरी भष्टाचार गरेको रकम असुर उपर गर्ने भन्दै र थप कारबाहीको लागि कार्तिक ११ गते नै अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा पत्र पठाइएको थियो ।
प्रधानमन्त्री कार्यालयको सुशासन तथा भष्टाचार निगरानी शाखाले पनि सर्तकता केन्द्रको वीर अस्पतालको अनियमितता सम्बन्धमा के भएको छ भन्दै तीन पटक पत्र पठाइसकेको छ ।
स्वास्थ्य मन्त्रालयले समेत पत्र काटे पनि त्यसको जवाफ मन्त्रालयले पाएको छैन । थपलिया पनि चुइक्क दायाँ बायाँ भएकी छैनिन् । मेडिकल माफियाको बलमा उनी टिकिरहेको आरोप लाग्दै आएको छ ।
उनले अन्य घोटाला पनि गरेको भन्दै कार्वाहीका लागि माग गरिएको छ ।