arrow

जंगलमा रोकिएको हाईसमा लगाइयो आगो

logo
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
haice.jpg

तुलसिपुर ।  दाङमा अज्ञात समुहले हाईस गाडिमा आगजनी गरेको छ । बिहिवार राति तुलसिपुर अमिलिया सडकखण्डमा बा३ ख ८५९३ नम्बरको  गाडिमा आगजनी भएको ईलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ ।

बिग्रिएर जंगलमा रोकिराखेको सो गाडिमा अज्ञात समुहले आगजनी गरेको खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो  ।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रेमबहादुर शाहिले गाडिमा आगजनी गर्ने समुहको खोजिकार्य भैरहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ