प्रधानमन्त्रीको काम, औपचारिक भ्रमणका क्रममा जिल्ला घुम्नुलाई उपलब्धीको जिकिर
प्रकाशित २०७६ वैशाख १ आइतबार
351
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जिल्ला भ्रमण गरेको कामलाई पनि उपलब्धीको रुपमा ब्याख्या गरेका छन् ।
नयाँ वर्ष २०७६ का अवसरमा प्रधानमन्त्री निवास बालुवाटारबाट आइतबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै उनले जिल्ला भ्रमणलाई सफलताका रुपमा जिकिर गरेका हुन् ।
उनले जनतासँगको सम्बन्ध बिस्तार गर्न आफूले विभिन्न जिल्ला भ्रमण गरेको विषयलाई उपलब्धीका रुपमा व्याख्या गर्दै ६ वटा प्रदेशसभामा सम्बोधन गरेको र विभिन्न ३५ जिल्लामा भएको औपचारिक कार्यक्रममा आफ्नो सहभागितालाई पनि उपलब्धीका रुपमा चर्चा गरेका हुन् ।
उनले ३१४ औपचारिक कार्यक्रममा सरीक हुने क्रममा ७७ मध्ये ३५ जिल्ला घुमेको बताएका हुन् ।