arrow

उथलपुथल हुन सक्छ यो वर्ष राजनीतिमा

परिवर्तनको सम्भावना, आउला राजसंस्था ?

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार

काठमाडौं । नयाँ वर्ष २०७६ सुरु भएको छ । यो वर्ष कस्तो होला ? राजनीतिक रुपमा यो वर्ष निकै उथलपुथल हुन सक्ने देखिएको छ । 
ज्योतिषी ओजराज उपाध्याय लोहनीका अनुसार प्रधानमन्त्री वैशाख १३ गतेदेखि कमजोर हुने देखिएकाले संयम नभए उथलपुथल हुने स्थिति आउने देखिएको हो । 

उपाध्यायले सरकार र प्रमुख प्रतिपक्षीबीच राम्रो सम्बन्ध हुन सकेमात्र देशमा विकास हुन सक्ने भन्दै त्यो भूमिका खेल्ने सम्भावना निकै कम रहेको बताए । 

यो वर्ष त्यतिराम्रो नभएको भन्दै उनले असारमा शनि मंगलको योग भएकाले धनजनको क्षति हुने बताएका छन् । 

उनले फागुृन ४ गतेसम्म राजसंस्था फर्कन सक्ने सम्भावना पनि रहेको बताएका छन् । अहिलेको समय ठीक नभएकाले परिवर्तनका लागि केही न केही हुन सक्ने उनको आँकलन छ । 

अहिलेको चुनौतीलाई पार गर्न दलहरु मिलेर नलाग्ने हो र जनता सचेत नहुने हो भने अहिलेको लोकतन्त्र खतरामा पर्न सक्ने देखिएको ज्योतिषी उपाध्यायले बताएका छन् । 

उनले यो वर्ष जनता सडकमा आउन सक्ने देखिएको पनि उनले बताएका छन् । यो अनिष्ठ वर्ष भएकाले संयमित भएर अगाडि नबढ्ने हो भने ठूलै संकट भोग्नुपर्ने हुन सक्ने उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ