फेरि बिकसित हुँदैछ पानी पार्ने बादल, राती र विहान यी क्षेत्रमा पर्नसक्छ पानी
प्रकाशित २०७५ चैत ३० शनिबार
578
Shares
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी पहाड र मध्ये क्षेत्रमा वर्षा हुनसक्ने अनुमान गरेको छ । मौसन पूर्वानुमान महाशाखाले शनिबार राती गरेको मौसमको समीक्षा अनुसार अहिले देशका पश्चिमी पहाड तथा मध्यका क्षेत्रका अधिकांस भूभागहरुमा मेग गर्जन सहित वर्षा गराउने बादल बिकसित भई मेग गर्जन भैरहेको छ ।
पछिल्ला दिनहरुमा काठमाडौं र देशभर मौसमले एक पछि अर्काे खतराको संकेत गरिरहेको छ । धेरैजसो ठाउँमा मौसम बदली भएको छ । केही स्थानमा बर्षा भएको छ ।
अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलिरहेको छ।
केही समयपछि केही ठाउँमा सुधार हुने समेत महाशाखाले जनाउँदै आएको भएपनि मौसमले भने सधैं झुक्क्याइरहेको छ ।