arrow

घरेलु मदिरामा प्रहरीको नजर : १३२५ लिटर मदिरा नष्ट

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ चैत २९ शुक्रबार
madira2.jpg

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अबैधरुपमा उत्पादन गरिएको घरेलु मदिरामा चासोका साथ ध्यान दिन थालेको छ । घरेलु मदिराका कारण समाजको शान्तिसुरक्षा चुनौती बन्दै गएको अनुसन्धानबाट खुल्न आएपछि प्रहरीले जिल्लाभर ध्यान दिन थालेको हो । जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका प्रहरी ईकाई मार्फत ११ ओटा स्थानीयतहमा प्रहरी अबैध रुपमा घरेलु मदिरा उत्पादन तथता विक्रिमा रोक लगाएको छ । विभिन्न केमिकल राखेर उत्पादन गरेको अबैध मदिराले मानवको स्वास्थ्य सगै समाजमा अमनचयनमा समेत खलल पुग्ने गोप्य सुचनाका आधारमा धमाधम घरेलु मदिरा नियन्त्रणमा लिदै नष्ट गर्न थालेको छ ।

यो अभियान साउनबाट शुरु गरेको प्रहरीले यस कार्यलाई निरन्तरता दिदै आएको छ । बुधवार मात्रै वडा प्रहरी कार्यालय वालिङका विभिन्न ठाँउबाट विक्रिका लागि राखिएको अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । करिव ३ सय लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर जनप्रतिनिधि, नागरिक समाज, पत्रकार सहितको रोहवरमा नष्ट गरेको प्रहरी निरिक्षक शंकर आचार्यले जानकारी दिए । हामीले पहिलो पटक अबैध मदिरा विक्रि नगर्न सुझाएका छौं वडा प्रहरी कार्यालयका प्रमुख आचार्यले भने,“दोस्रो पटक अबैध मदिरा विक्रि गरेको पाईएमा कानुन बमोजिम कारवाहि हुन्छ ।” सम्झाउने प्रयास गर्दा पनि उत्पादन र बिक्रि गर्नेलाई अबैध धन्दा बमोजिम हदै सम्मको कारवाहि हुने छ आचार्यले भने ।

वालिङ, गल्याङ लगायत आसपासका क्षेत्रमा पाल्पाको अगाहखोलाबाट घरेलु मदिरा भित्रिने गरेको छ । अबैध घरेलु मदिरा उत्पादन गर्ने क्षेत्रको पहिचान गर्न प्रहरीले केही सादा पोषाकमा समेत प्रहरी परिचालन गरेको जनाएको छ । पुजापाठमा चाहिनेहरुका लागि हाम्रो चासो छैन जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी नविन कृष्ण भण्डारीले भने,“विक्रिका लागि उत्पादन हुने घरेलु मदिरा नियन्त्रणमा लिने हाम्रो प्रयास हो ।” घरेलु मदिरा उत्पादन र विक्रिका लागि प्रहरी अझै सशक्त र कडाईका साथ लाग्ने छ भण्डारीले भने । सुचना अधिकारी भण्डारीका अनुसार साउन देखि चैत्र महिना सम्म जिल्लाका विभिन्न ठाँउबाट मदिरा उत्पादनका लागि चाहिने कच्चा पदार्थ ८५६ लिटर र घरेलु मदिरा १३२५ लिटर नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

प्रहरीका अनुसार जिल्लाको ७ स्थानीयतहबाट घरेलु मदिरा नियन्त्रणमा लिइएको छ । जस अनुसार सबै भन्दा बढी घरेलु मदिरा र कच्चा पदार्थ पुतलीबजार नगरपालिकाबाट नियन्त्रणमा लिइएको छ भने सबै भन्दा थोरै चापाकोट नगरपालिका रहेको तथ्याङ्कले देखाएको छ । पुतलीबजारबाट ८ सय १६ लिटर, अर्जुनचौपारी गाँउपालिकाबाट ५ सय २०, वालिङ नगरपालिकाबाट ३ सय ५२, आँधीखोला गाँउपालिकाबाट १ सय ८६, गल्याङ नगरपालिकाबाट १ सय २५, भीरकोट नगरपालिकाबाट १ सय र चापाकोट नगरपालिकाबाट ८२ लिटर घरेलु मदिरा बरामद गरेको प्रहरीले जनाएको छ । हरीनास गाँउपालिका, विरुवा गाँउपालिका, कालीगण्डकी गाँउपालिका र फेदिखोला गाँउपालिका बाट भने अहिले सम्म घरेलु मदिर बरामद भएको छैन ।

यता घरेलु मदिरा उत्पादन गरेर जिविकोपार्जन गर्दै आएका व्यवसायी भने चिन्तित देखिएका छन् । हाम्रो रोजीरोटीको व्यवस्था कि सरकारले गरिदिनु पर्‍यो हैन भने विक्रि गर्न पाउनु पर्ने माग उनीहरुको छ । सरकारले घरेलु मदिरालाई कानुन अनुसार राजस्व लिने वातावरण मिलाएर उत्पादन तथा विक्रि वितरणको व्यवस्था मिलाउन सके साना व्यवसायीको आयआर्जनमा टेवा पुग्ने सरोकारवालाहरुको भनाई छ । यसबारे स्थानीयतहले नै चासो देखाउनु आवश्यक रहेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ