arrow

राप्रपाको र्‍यालीमा प्रहरी हस्तक्षेपको कांग्रेसद्वारा ध्यानाकर्षण

logo
प्रकाशित २०७५ चैत २६ मंगलबार

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार भएको शान्तिपूर्ण र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । र्‍यालीका सहभागीलाई मात्र नभएर सडकमा आवतजावत गर्ने सर्वसाधारणलाई समेत प्रहरीले लाठीचार्ज गरेको भन्दै त्यसप्रति कांग्रेसले आपत्ति प्रकट गरेको हो ।
 
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार  जारी विज्ञप्तिमार्फत स्वतन्त्र र शान्तिपूर्ण ढङ्गले आफ्नो माग राख्न पाउने नागरिकको संविधानप्रदत्त हक अधिकारलाई खोस्ने कार्य गरेको आरोप लगाउँदै भत्र्सना गरेका छन् ।

 “कुनै पार्टीसँग हाम्रो विचारमा असहमत हुन सक्छ, तर कसैको स्वतन्त्रता माथि अंकुश लगाउने कार्यप्रति कांग्रेस सदैव विरोध गर्दछ । प्रदर्शनको क्रममा प्रहरीको दमनबाट घाइते भएका व्यक्तिहरुको कांग्रेस संसदीय दल शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ” विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ