arrow

भेरी नदीमा जीप खस्यो

logo
प्रकाशित २०७५ चैत २६ मंगलबार

जाजरकोट ।नलगाड नगरपालिकाको तल्लुबाट दल्लीतर्फ आइरहेको ग १ ज ५८१२ नम्बरको जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । जाजरकोट – डोल्पा  सडक खण्डअन्तर्गत नलगाड – ९ दारिमपाटामा आज अपराह्न दुर्घटना हुँदा जीप भेरी नदीमा खसेको थियो ।

 घाइते सबैलाई उपचारका लागि रुकुमको आठबीसकोट नगरपालिकाको राडीस्थित मेडिकल क्लिनिकमा ल्याइएको छ । घाइतेमध्ये तीन जना गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। तीव्र गतिमा भएका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सो सडक खण्डमा पुराना जीप चल्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ