arrow

सरकारको भनाई र गराईमा आकाश जमिनको फरक : महामन्त्री

logo
प्रकाशित २०७५ चैत २६ मंगलबार
sasanka.jpeg.jpeg

लम्जुङ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीको भनाई र काम गराईमा आकाश जमिन फरक भएको बताएका छन् । नेपाल प्रेस युनियन लम्जुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेललनमा महामन्त्री कोइरालाले ओलीको भनाई एउटा हुने तर काम गराई अर्के हुने गरेको बताए ।

उनले भने,‘प्रधानमन्त्री ज्यू भ्रष्टाचारको गन्ध आए सह्य हुन्न भन्नुहुन्छ । तर वाइडवडि काण्ड, सुन काण्ड जस्ता काण्डै काण्ड भएका छन् । भ्रष्टाचारको गन्ध सह्य नहुने प्रधानमन्त्रीले किन बुढिगण्डकी जलविद्युत आयोजनालाई किन प्रतिष्पर्धा नगराई ठेक्का दिएको ?’ महामन्त्री कोइरालाले ओलीका अहिले सम्मका काम हेर्दा सरकार असफल भएको बताए । उनले आकाश छुने करको बृद्धि, चर्को मुल्य बृद्धि तथा ठप्प भएका विकासका काम हेर्दा सरकारले सफल भयो भनेर भन्न नमिल्ने बताए ।

कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य गरेर मेलमिलाप र एकताको बाटोमा अगाडि बढे कांग्रेस फेरि पहिलो दल बन्न कसैले रोक्न नसक्ने दावी गरे। उनले सरकारको गतिविधि संघीयता विरोधी भएको आरोप लगाए।

सरकारले प्रदेशलाई विश्वास गर्न नसकेर सबै अधिकार आफैमा राख्दा समस्या भएको उनको दाबि छ । कोइरालाले मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुई तिहाईको प्रधानमन्त्री ओलीले सबै अधिकार आफैं राख्ने प्रयत्न गरेर संघीयता विरोधी चरित्र देखाएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ