arrow

अपांग महासंघ नेतृत्व छान्दै, लोकतान्त्रिकबाट केसी, प्रगतिशिलबाट पूर्व एमाले र माओवादीका छुट्टै उम्मेदवार

१२ मध्ये चार वटा मेसिनमा स्पिकर लगाएर दृष्टिविहीनले पनि भोट हाल्न पाउने

logo
प्रकाशित २०७५ चैत २६ मंगलबार
nepal-apanga-election.jpg

विराटनगर । विराटनगरमा जारी नेपाल अपांग महासंघको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । 

झण्डै सात सय प्रतिनिधिले नयाँ नेतृत्व छान्न लागेका हुन् । 

नेतृत्वका लागि लोकतान्त्रिक पक्षबाट गणेश केसी र प्रगतिशील तर्फबाट राम कार्की र मित्रलाल शर्माबीच प्रतिस्पर्धा भइरहेको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पूर्ण एकता अन्तिम चरणमा पुगेको दावी गरिरहँदा अपांग महासंघमा भने पूर्व माओवादी र पूर्व एमाले भनी स्पष्टै देखिएको छ । 

कार्की माओवादी समर्थित हुन् भने शर्मा एमाले समर्थक हुन् । 

मतदान विद्युतीय मेसिनबाट भइरहेको छ । १२ वटा विद्युतीय मेसिनको प्रयोग भएकाले तीन चार घण्टामा मतदान सकिएर नतिजा साँझसम्म आइसक्ने बताइएको छ ।

विद्युतीय मेसिनका प्रोप्राइटरहरु ‘राम–लक्ष्मण’ मध्ये लक्ष्मण रिमालका अनुसार १२ मध्ये चार वटा मेसिनमा स्पिकर लगाएर दृष्टिविहीनले पनि भोट हाल्न पाउने छन् । 

ह्वीलचेयरबाट पनि मत खसाल्न पाइनेछ । 
दुई दिने चुनावी महाधिवेशनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार उद्घाटन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ