arrow

विप्लवको योजनाः प्रधानमन्त्री ओली जहाँजहाँ बन्द त्यहाँत्यहाँ (विज्ञप्तिसहित) 

logo
प्रकाशित २०७५ चैत २५ सोमबार
biplab-maobadi.jpeg

काठमाडौं । सरकारले प्रतिवन्ध लगाएको पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा नेत्रविक्रम चन्द विप्लव समूहले सरकारविरुद्ध कडा रुपले प्रस्तुत हुने जनाएको छ । 

विज्ञप्ति जारी गर्दै विप्लवले चैत २६ गते मंगलबारदेखिका कार्यक्रम सार्वजनिक गरेका छन् । 

चैत २६ देखि २९ गतेसम्म प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, बैशाख २ गते कोणसभा, बैशाख ३ गते अन्तक्र्रिया, बैशाख ४ गते मशाल जुलुस, बैशाख ५ गते नेपाल बन्द गर्ने जनाएको छ । 

त्यसैगरी बैशाख ६ गतेबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा बन्दको आयोजना गरी बहिस्कार गर्ने निर्णय विप्लवले गरेका छन् । 

सरकारले प्रतिबन्धित पार्टीलाई सघाउनेलाई समेत कार्वाही गर्ने चेतावनी दिइसकेको छ । सरकारले विप्लवका सयौं कार्यकर्तालाई पक्राउ गरिसकेको छ । 

सरकारले अहिलेको लोकतन्त्र नै उत्कृष्ट भन्दै कसैले पनि आन्दोलन गर्ने समय नभएको बताउँदै आएको छ । 

यस्तो छ विज्ञप्ति–  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ