काठमाडौं । मुलुकमा फेरि मौसमले खतराको संकेत गरेको छ । धेरैजसो ठाउँमा मौसम बदली भएको छ । केही स्थानमा बर्षा भएको छ । काठमाडौं उपत्यकामा आइतबार बिहान मौसम सुधारोन्मुख देखिए पनि एकाएक बादलले ढाकेको छ ।
अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलिरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले खतराकै संकेत गरेको छ । हावाहुरी र मेघगर्जनसहित वर्षा भइरहेकाले यो क्रम जारी नै रहने महाशाखाले जनाएको छ ।
केही समयपछि केही ठाउँमा सुधार हुने समेत महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशभरि नै आंशिकदेखि सामान्य बदली रहनेछ ।
देशको पुर्वी तथा मध्य भूभागका केहि स्थानमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको संभावना देखिन्छ।
आइतबार देशभरि नै आंशिक देखिसामान्य बदली रहनेछ । देशको पुर्वी र मध्य भूभागका थोरै स्थानमा र पश्चिमी भूभागका १–२ स्थानहरुमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ ।
तराईको बारा र पर्सामा अझै पनि खतरा रहने गरेको छ । पीडितहरु अझै पनि झस्कने गरेका छन् ।