arrow

मौसम बिग्रियो, बाहिर निस्कँदा सतर्क हुनुहोला

भारी वर्षा, चट्याङ पनि

logo
प्रकाशित २०७५ चैत २३ शनिबार
weather2.jpg

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले घर बाहिर निस्कँदा सचेत भएर बाहिर निस्कन आग्रह गरेको छ । मौसममा खरावी आएपछि महाशाखाले सचेत हुन आग्रह गरेको हो । 

शुक्रबारदेखि नै मुलुकको मौसममा खरावी आएको छ । शनिबार बिहान एकाएक अँध्यारो भएको छ । 

महााशाखाले मेघ गर्जनसहित भारी वर्षा हुने जनाएको छ । त्यसैगरी देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हुरी बताससहितको वर्ष हुने सम्भावना प्रक्षेपण गरेको छ । 

काठमाडौं उपत्यकामा अध्यारो भएको छ भने वर्षा पनि भइरहेको छ । 

दिउँसो पनि देशको अधिकांश भूभागहरुमा  सामान्यदेखि पूर्णतया बदली रहने जनाएको छ । उच्च हिमाली  भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम  हिमपातको  संभावना देखिन्छ। तराइका भूभागहरुमा हुरी बतास चल्ने संभावना देखिएको महाशाखाले जनाएको छ । 

 शनिबार राति पनि हावाहुरीसहित मेघगर्जनसहित वर्षा हुने तथा चट्याङ पर्न सक्ने महाशाखाले जनाएको छ ।

मौसमविद्हरुले पश्चिमी बायूको असरले गर्दा नै पहिलेको तुलनामा मौसम बिग्रिएको बताएका छन् । किन बिग्रियो भनेर भन्न भने नसकिने मौसमविद्हरु बताउँछन् । 

नेपालमा प्रविधिको अभावले मौसमबारे यकिन भन्न नसकिएको उनीहरुको गुनासो छ । 

बारा पर्सामा आएको ‘टोर्नायो’ जस्तै नेपालमा यसअघि पनि नआएको उनीहरुले बताइरहेका छन् । 

तर केही मौसमविद्हरुले भने २०४४ सालमा काठमाडौंको दशरथ रंगशालामा भएको भूमरी र बारा–पर्साको भूमरीलाई एकै भनेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ