arrow

स्थानीय तह र सरकार जनबिरोधि भएको भन्दै धनकुटामा सर्वदलीय बैठक

logo
विजय राई,
प्रकाशित २०७५ चैत २२ शुक्रबार
Dhankuta-hamrakura.jpg.jpeg

धनकुटा। लोकतन्त्रमा दलहरुको भूमिका महत्वपूर्ण र जिम्मेवार हुने भएकाले धनकुटामा स्थानीय तह र सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई लोकतान्त्रिक परिपार्टी अनुरुप मल्टिपाटी सिस्टमलाई स्विकार गर्न आज संयुक्त र्बैठक वसी आग्रह गरेका छन ।

धनकुटामा क्रियाशिल राजनैतिक दलहरु,धनकुटा जिल्लाका स्थानीय तह तथा सरकारी गैरसकारी कार्यालयहरुले गरेको जनविरोधी तथा गलत निर्णहरुको भण्डारफोर गर्नका लागी जनस्तर सम्म संयुक्त अभियान संचालन गर्ने  धनकुटामा भएको सर्वदलिय  बैठकले  निर्णय गरेको हो ।

नेकपा वाहेक धनकुटामा क्रियाशिल राजनैतिक दलहरुको संयुक्त  बैठकमा पूर्व मन्त्रि तथा राप्रपा संयूक्तका नेता सुनिल वहादुर थापा, नेपाली कांग्रेस धनकुटका पूर्व सभापति पूर्व सांसद मनोहर नारायण श्रेष्ठ,संघिय समाजवादी फोरम नेपाल धनकुटका अध्यक्ष बल वहादुर राई,राष्टिय जनमोर्चा नेपाल धनकुटका अध्यक्ष तुलमान राई,नया शक्ति पार्टी धनकुटका नेता तथा धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे लगायतले धनकुटामा सातवटै स्थानीय तहमा अहिले विकास निर्माणमा  राजनितिकरण,शिक्षा लगायत सवै समाजिक कार्यहरुमा राजनितिकिरण नेकपाले गरिरहेको र स्थानीय तहका सरकारले अनिगन्ती जनविरोधी निर्णयहरुसमेत गर्दै अधिनायकवादी शैलीमा एक्लै अगाडी बढ्न् काम गरिरहेकोले यसको भण्डारफोर गर्न एकजुट भएर जनस्तर सम्म  पुग्ने वताए ।

नेपाली कांग्रेस धनकुटका पूर्व सभापति पूर्व सांसद मनोहर नारायण श्रेष्ठको  अध्यक्षतमा भएको संयूक्त  बैठकले स्थानीय तहले गरेको जनविरोधी तथा गलत निर्णयहरु र गलत क्रियाकलाप तथा गतिविधिहरुको  संयुक्त रुपमा जनस्तर सम्म पु¥याउदै झण्डोरफोर गर्ने निर्णय गर्नुका सार्थै २०४६ साल पछी धनकुटामा भैरहेको दलिय एकता र समन्वयलाई अहिले नेकपा धनकुटाले तोड्दै अधिनाकवाद शैलीमा एक्लै हिड्न थालेकोले दलिय अस्तित्वलाई आत्मसाथ गर्दै   धनकुटाको राम्रो सस्कार दलिय एकता र समन्वयलाई अझै  कायम राख्नका लागी नेकपा धनकुटालाई आग्रह समेत गर्ने निर्णय  गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताएका छन् ।

साथै उक्त बैठकले धनकुटाका सवै स्थानीय तह तथा वडाहरु, सरकारी तथा गैरसरकारी संस्थाहरु लगायत सवै सरोकारवाला निकायहरु र सरकारी कार्यालयहरुलाई लोकतन्त्रमा राजनैतिक दलहरुको भूमिका महत्वपूर्ण हुने भएकाले दलिय अस्तित्व र मल्टिपार्टी स्टिमलाई स्विकार गर्न समेत आग्रह  गर्ने निर्णय गरेको छ ।

संयुक्त बैठकमा धनकुटामा क्रियाशिल राजनैतिक दलका प्रमुखका  साथमा संघिय समाजवादी फोरम नेपाल धनकुटका सहसचिव डम्वर कटुवाल,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,राप्रपा संयूक्तका नेता मदन घिमिरे,नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्य रविन्द्र नेपाली लगायत धनकुटमा क्रियाशिल राजनैतिक दलका नेताहरुले समेत आ आफ्नो धारणा राख्नु  हुदै अव विपक्षीको उपस्थित  र भूमिका सवै ठाउमा खरो र दहे ढंगबाट सवैले थापा पाउने गरी अनी भेटिने गरी उपस्थित हुने बताए ।

धनकुटाका सवै स्थानीय तह र वडाहरुले गरिरहेको जनविरोधी तथा गलत क्रियाकलाप र अधिनायकबाद शैलीको संयुक्त रुपमा भण्डारफोर अभिान तथा अन्य गतिविधिहरु संचालन गर्नका धनकुटामा क्रियाशिल राजनैतिक दलहरुले आ आफ्ना क्षेत्र,गाउपालिका तथा वडा समितिलाई निर्देशन दिने र क्रियाशिल बनाउने निर्णय समेत गरेको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ