arrow

नेपाल बारमा मिश्रित परिणाम, अध्यक्षमा प्रगतिशील र महासचिवमा लोकतान्त्रिकका उम्मेदवार विजयी    

logo
प्रकाशित २०७५ चैत २१ बिहिबार
Nepal-bar-association.jpeg

काठमाडौँ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न मतगणनामा अध्यक्षका अर्का उम्मेदवार सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।

बिहीबार सम्पन्न मतगणनाअनुसार श्रेष्ठले तीन हजार ६७७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार बनेका सुनील पोखरेलले तीन हजार ५८३ मत प्राप्त गरे ।

महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । प्रगतिशील समूहका सुरेन्द्र थापामगरलाई पराजित गर्दै पौडेल महासचिवमा निर्वाचित भएका हुन् ।

पदाधिकारीतर्फ पनि प्रगतिशीलको बहुमत रहेको छ ।

नयाँ नेतृत्वका लागि गत शनिबार काठमाडौं उपत्यकासहित देशभरिका ३५ मतदान केन्द्रमा मतदान भएको थियो । गत चैत १९ गतेदेखि भएको मतगणना बिहीबार सकिएको हो । बिहीबार काठमाडौं जिल्ला बार र उच्च अदालत बार एशोसिशनको मतगणना भएको थियो । 

उपत्यकाको मतगणना हुनुअघिसम्म अध्यक्षमा पोखरेलले अग्रता लिएको भए पनि काठमाडौं उपत्यकामा छिरेपछि बिस्तारै पछि पर्दै गएका थिए । निकै टक्कर भएको चुनावमा अन्ततः पोखरेल ९४ मतले पछि परेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ