बिपद, उद्दार र ब्यवस्थापनमा 'ठुला'हरुको नचाहिंदो उपस्थिती
म मसिहा हुँ, तिमीहरुको पालनकर्ता ।
हाम्राकुरा डेष्क,
प्रकाशित २०७५ चैत २१ बिहिबार
532
Shares
काठमाडौं। गत आइतवार बारा-पर्सामा गएको बिनाशकारी हावाहुरे २७को ज्यान लिएको र हजारौं घाईते बनाएको घट्नबाट बारा र पर्सा निस्किन सकेको छैन्।
प्रदेश सरकार र स्थानीय सरकारको तदारुकता र सहयोगका लागि दिनरात काम गरिरहँदा पनि उचित उद्दार र ब्यवस्थापन हुन नसकेको आवाजहरु आईरहेका छन्।
यस्तो बिपदको बेलामा केही तलमाथि हुन जानु सामान्य नै मानिन्छ । एकै पटकमा धेरैलाई सहयोग र ब्यवस्थापन गर्नु पर्ने हुनाले को किन कुन प्राथमिकतामा पर्यो भन्ने प्रश्नको उत्तर एकदम गाह्रो हुन जान्छ । सबैलाई उत्तिकै सहयोगको खाँचो हुन्छ र आफ्नो पिडा सबै भन्दा ठुलो हुने मनोभावनाले गर्दा पनि पिडितहरुमा भेदभाव गरिएको अनुभव हुनु सामान्य नै मानिन्छ ।
यसरि युद्धस्तरमा गर्नु पर्ने उद्दार एवं ब्यवस्थापनको काममा केही कमीकमजोरीलाई नजरअन्दाज गरिन्छ तर त्यतीकै छाडिन्न पछि अरु मिशनहरुमा काम लाग्ने गरि शिक्षाका रुपमा ग्रहण गर्ने प्रचलन रहेको छ।
बिपद ब्यवस्थापनका लगि तालिम प्राप्त जनशक्ति भनेका प्रहरी, सेना, रेडक्रस स्वंयसेवक लगायत बिभिन्न संघ संस्थाका तालिम प्राप्त जनशक्तिहरु हुन्। उनीहरुले गर्ने काममा सहयोग गर्ने काम अर्ध तालिम प्राप्त वा कुनै तालिम नलिएका उत्साहिहरुले गर्ने गर्छन।
तालिम पर्प्त जनशक्तिको निर्देशनलाई मान्ने र त्यसलाई पच्छ्याउँदा उद्दार र ब्यवस्थापन प्रभावकारी हुने गर्दछ । यस्ता जनशक्ति दिनरात नभनी खटिएका हुन्छन र आफ्नो सतप्रतिशत लगाईरहेका हुन्छन्। उनीहरु आफ्नो भन्दा पिडितहरुका लागि खटिइरहेका हुन्छन्। खान-पानको पर्वाहा नगरि काममा खटिइरहेकाहरुको कामको लय बिग्रिन्छ ‘ठुला’हरुको आगमनले।
हाम्रो देशमा हुने गरेको प्राकृतिक प्रकोपको उद्दार र ब्यवस्थापनका बेला ‘ठुला’ नेता र मानिसहरुको प्रभावित क्षेत्रमा सवारीले जहिले काममा अवरोध गर्छ । यस्ता कुरा थाहा पाई पाई पनि ति ‘ठुला’हरु त्यो ठाउँमा पुग्ने गरेका हुन्छन्।
ति मानिसहरु त्याँहा पुग्दा जहिले पनि स्थानीय सुरक्षा प्रमुख, उद्दारमा खटिएका प्रमुखहरु लगायतको समय खेर जाने गर्दछ। सबै मिलेर उनीहरुलाई ‘ब्रिफिङ’ गर्नु पर्छ र त्यो समयमा पिडितले थप सहयोग पाउनेमा उद्दार कार्य नै रोकिने वा गति कम हुन जान्छ । पिडितलाई अझ पिडित बनाएर के पाउँछन ठूलाहरुले ? कहिल्यै नआउने उत्तर ।
ति ‘ठुला’हरुको सुरक्षादेखि अरु ब्यवस्थापन गर्दैमा उद्दार र ब्यवस्थापनका लगि खटिएको टोलीको समय निस्किन्छ । त्यसमाथि उनीहरुसँगै आउने अरु ‘साना ठुला’ हरुको पनि रवाफ कम्तिको हुन्न । सबै मिलेर केही न केहि निर्देशन वा सल्लाह दिएकै हुन्छन् उद्दारमा तालिम प्राप्त जनशक्तिहरुलाई । नजानेको ठाउँमा पनि बोल्नु पर्ने कस्तो बध्यता होला ‘ठुला’हरुको ? यस्तै यस्तै उत्तरहरु कहिल्यै आउने छैनन्। यस्तो कर्य संधै चलिरहने छ ।
म मसिहा हुँ । तिमीहरुको पालनकर्ता र म नै हुँ तिमीहरुको भगवान जस्तो सोच वा भाव त आउन्न होला नि ‘ठुला’हरुमा ?