बारको मतगणना : लोकतान्त्रिक र प्रगतिशीलबीच रोचक भीडन्त जारी
प्रकाशित २०७५ चैत १९ मंगलबार
304
Shares
काठमाडौं । नेपाल बार एशोसिएसनको शनिबार भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलले अग्रता कायम राखेको छ । सोमबार अपराह्नबाट सुरु भएको मतगणना अझै सकिएको छैन । यद्यपि मंगलबार साँझ रातीसम्मको मतगणनामा लोकतान्त्रिक प्यानलबाट अध्यक्षका प्रत्यासीले नै अग्रता कायम राखेका छन् ।
लोकतान्त्रिक प्यानलका निर्वाचान प्रचारप्रसार समितिका संयोजक राजु कटुवालका अनुसार समूहका सुनिलकुमार पोखरेलले १४ सय ३१ मतका साथ अग्रता लिएका छन्। बाम गठबन्धन समर्थित प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी श्रेष्ठले १३ सय ५३ मत ल्याएका छन् ।
कटुवालले महासचिवमा पनि प्रजातन्त्रवादी समूहले अग्रता हासिल गरेको छ जनाएका छन् । जस अनुसार सो समूहका लीलामणि पौडेलले १४ सय ३२ मत पाउँदा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले १२ सय ९३ मत पाएको बताएका छन् ।