arrow

राष्ट्रिय शोकको घोषणा गर्न देउवाको माग

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
deuba18.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले हावाहुरीले बारा र पर्सामा निकै ठूलो मानविय र भौतिक क्षति पुर्याएको भन्दै राष्ट्रिय शोकको घोषणा गर्न माग गरेका छन । उनले मंगलबार घटना स्थलको निरिक्षण गरेपछि सराकारलाइ शोकको घोषणा गर्न माग गरेका हुन् ।

२७ जनाले ज्यान गुमाएको र ४ सयभन्दा बढि घाईते भएको प्राकृतिक विपत्तीले सो क्षेत्रको अवस्था निकै कठिन बनाएको भन्दै देउवाले सामाजिक संजालमा लेखेका छन, 'म सरकारलाई यति ठूलो विपत्तिलाई राष्ट्रिय शोकको रुपमा लिन आग्रह गर्दछु । यहाँको भौतिक संरचना जतिसक्दो चाडै निर्माण गर्ने नयाँ संरचना तयार गरेर तत्काल पुर्ननिर्माणको काम अघि बढाउन विषेश अनुरोध गर्दछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ