arrow

बारा–पर्सा विपत्तिको १६ घण्टासम्म पनि बस्न सकेन मन्त्रिपरिषद्को बैठक

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
cabinet-laptop1.jpg

काठमाडौं । बारा र पर्सामा भएको विनासकारी हावाहुरीको १६ घण्टासम्म पनि केन्द्र सरकारको मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । सोमबार ९ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक दिउँसो साढे ११ बजेसम्म पनि बसेको छैन । 

हिजो राती ८ बजे गएको विनाशकारी हावाहुरीमा परी अहिलेसम्म ३५ जना भन्दा बढीको ज्यान गईसकेको छ । सो घटनामा सयौं घाईते भएका छन् । तर, सरकारले आपतकालीन मन्त्रिपरिषद्को बैठक पनि नियमित मन्त्रिपरिषद्को बैठककै समयमा गर्न लागेको देखिएको छ । 

सोमबार सरकारको नियमित रुपमा मन्त्रिपरिषद्को बैठक बस्दछ । तर, यति ठूलो विपत्तिमा सरकारले तत्काल मन्त्रिपरिषद्को बैठक बसेर आवश्यक निर्णय गर्नुपर्नेमा यसमा गरेको ढिलासुस्तीले आम मानिसमा भने निराशा छाएको छ । 

अर्काे तर्फ सरकारले राहत र उद्दारको काम पनि विहानदेखि मात्रै सुरु गरेको छ । गृहमन्त्रालयको मातहतमा नाईटभिजन हेलिकोप्टर समेत रहेको भएपनि आपतकालीन समयमा उद्दारको काम विहानदेखि मात्रै सुरु भएको हो । प्रदेश नं २ सरकारको मन्त्रिपरिषद्ले विहान नै आपतकालीन बैठक बसेर राहत र उद्दारबारे निर्णय गरिसकेको छ ।  

यस अघि तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दूर्घटना भएको दिन केन्द्र सरकारको मन्त्रिपरिषद्को आपतकालीन बैठक १ घण्टाभित्रै बसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ