बारा र पर्साको विपत्तिप्रति सिटौलाद्वारा दुख व्यक्त, उद्दारमा जुट्न सबैसँग आह्वान
प्रकाशित २०७५ चैत १८ सोमबार
355
Shares
काठमाडौं । आइतबार राति आएको भीषण हावाहुरीका कारण झण्डै ३ दर्जनको ज्यान गएकोप्रति काँग्रेस नेता कृष्णप्रसाद सिटौंलाले दुख व्यक्त गरेका छन् । सोमबार नेता सिटौलाले राष्ट्रिय शोकको घडिमा सबै मिलेर उद्दारमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।
नेता सिटौंलाले सो विपत्तिमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारप्रति धैर्य धारण गर्ने क्षमता जुटोस् भन्ने कामना समेत गरेका छन् । साथै पीडित परिवारको उद्दार, राहत र तत्काल उनीहरुको बसोबासको प्रबन्ध मिलाउन पनि नेपाल सरकारसँग माग गरेका छन्।
आईतबार रातीको हावाहुरीका कारण अहिलेसम्म ३५ जनाको ज्यान गएको समाचार आएको छ। केन्द्र सरकारले सो क्षेत्रमा उद्दारको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिसकेको छ भने काँग्रेसले पनि आफ्ना कार्यकर्ताहरुलाई उद्दारमा लाग्नको लागि आन्तरिक निर्देशन दिईसकेको छ ।