arrow

अखिल क्रान्तिकारीको समाचार संकलन गर्न गएका पत्रकार अधिकारी पक्राउ

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
FNJ-logo.jpg.jpeg

कास्की ।नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

बिहान पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुगेका अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेकोे महासङ्घ अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

पत्रकार अधिकारीसँगै अन्य दुई विद्यार्थी पनि पक्राउ परेको बताइएको छ । महासङ्घका अध्यक्ष श्रेष्ठले गैरकानूनी पक्राउको विरोध गर्दै अधिकारीको तुरुन्त रिहाइको माग गरेका छन् । 

महासङ्घका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले समाचार सङ्कलन गर्न जाने पत्रकारलाई पक्राउ गर्ने गैरकानूनी कार्य बन्द गरी तुरुन्त रिहा गर्न माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ