arrow

हावाहुरीका कारण २७ जनाको मृत्यु, चार सय बढी घाइतेमध्ये धेरैजसो गम्भीर 

रगतको अभाव, रक्तदानको आब्हान

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
hospital2.jpg

पर्सा । बारा र पर्सामा आइतबार राति आएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । बारामा २६ जनाको र पर्सामा एक जनाको मृत्यु भएको बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिएका छन् । 

मृतकहरु अधिकांश झुप्रा घरहरुमा बस्नेहरु बस्ने जनाइएको छ । चार सय भन्दा बढी घाइते भएका छन् । 

घाइतेहरुको अवस्था पनि गम्भीर भएको बताइएको छ । पक्की घरसमेत ढलेर पुरेको छ । अन्नबाली पूरै ध्वस्त पारेको छ । 

बाँच्न सफलहरुको वासका लागि पाल र राहत सामग्री काठमाडौंबाट आइसकेको जनाइएको छ । घाइतेहरुको उचित उपचार भइरहेको प्रजिअ पौडेलले बताए । 

घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीबाट मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ । रक्तदानका लागि राति नै आब्हान गरिएको र राति नै सुरक्षाकर्मीहरुबाट रक्तदान गरिएको र रगतकै कारण उपचार हुन नसक्ने अवस्था नरहेको पनि प्रजिअ पौडेलले बताएका छन् । 

तर नारायण उपक्षेत्रीय अस्पताल वीरगञ्जले अहिले पनि रगतको अभाव हुने भन्दै रक्तदानका लागि आब्हान गरेको छ । 
 बारा हावाहुरीमा घाईतेहरुको उपचारका लागि रक्तदानको आव्हान

स्थानीय प्रशासनले जोडतोडका साथ उपचारका लागि लागेको छ । 

पर्साको दैवी प्रकोप व्यवस्थापन, प्रहरी, सेना र स्थानीयले सघाइरहेका छन् । 

जमीनमा कम्पन पनि भएको थियो । जसका कारण धारामा पानीसमेत सुकेको बताइएको छ । 

सोमबार बिहान उज्यालो भइसकेपछि बचेखुसेको सामग्री बटुल्न पीडितहरु लागेको जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ