arrow

प्रहरीले स्टेसनबाटै पत्रकार पक्राउको अध्ययन गर्न महासंघको टोली कालिकोटमा

logo
प्रकाशित २०७५ चैत १३ बुधबार
FNJ-Nepal-patrakar-mahasangh.jpg

काठमाडौं ।  नेपाल पत्रकार महासंघले रेडियो स्टेसनबाटै पत्रकार प्रहरीले पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि टोली पठाएको छ ।

नेपाल पत्रकार महासंघले कालिकोटबाट प्रसारण हुने रेडियो नयाँ कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले रेडियोको स्टेसनबाटै पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासंघ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन पठाएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीसहित नेपाल बार एसोसिएसन प्रतिनिधि संलग्न मिसनले पत्रकार विश्वकर्मा पक्राउका सम्बन्धमा स्थलगत अध्ययन गर्ने छन् ।

 प्रहरी, स्थानीय प्रशासनलगायत घटनासँग जोडिएका सबै पक्षसँग छलफल गरी रिहाइको पहल गर्नुका साथै घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक गर्ने  महासंघका महासचिव रमेश विष्टले बताए ।

पत्रकार विश्वकर्मालाई चैत्र ७ गते कालिकोटस्थित रेडियो नयाँ कर्णालीको स्टुडियोमै प्रवेश गरी प्रहरीले पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ