arrow

घुम्टो खोल्दैछ मौसम 

logo
प्रकाशित २०७५ चैत १३ बुधबार
weather2.jpg

काठमाडौँ । सोमबार साँझदेखि एकाएक बिग्रिएको मौसममा बुधबार बिहानदेखि सुधार हुँदैछ । पश्चिमी वायुसँग स्थानीय वायु मिसिँदा काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भएको थियो । 

पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट शुरु भएको वर्षा मंगलबार बिहानदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् मञ्जु बासीको भनाइ छ ।

मंगलबार रातभरसमेत असर पारेको मौसमले बुधबार बिहानै घुम्टो खोलेको छ । 

बुधबार पूर्वी पहाडी भेगमा मौसम केही प्रभावित हुने र अन्य भूभागमा सामान्यतया सफा हुने जनाइएको छ । बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ