कांग्रेसको अनुशासन समितिले पूर्णता पाउँदै, निर्वाचन समिति पनि बन्ने
प्रकाशित २०७५ चैत ५ मंगलबार
298
Shares
काठमाडौं । नेपाली काँग्रेसको लामो समयको रस्साकम्सीपछि अनुशासन समितिले पूर्णता पाउने भएको छ । लामो विवादपछि सोमबार राति अनुशासन समिति गठनमा शीर्ष तहमा सहमति जुटेको थियो ।
सहमति अनुसार अनुशासन समितिको संयोजक केन्द्रीय सदस्य भिष्मराज आङदाम्बेलाई बनाइएको छ ।
सोमबार बिहान ११ बजेदेखि केन्द्रीय कार्यसमिति बैठक बस्ने भनिए पनि सहमतिका लागि पटक पटक समय फेरिँदै जाँदा राति ८ बजे पछि बैठक बस्न सम्भव भएको थियो ।