arrow

विप्लव समूहले राजनीति गरेको छैन – विष्णु रिमाल

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
bishnu-rimal.jpg

काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नेत्र विक्रम चन्द विप्लव समूहले राजनीति नगरेको जनाएका छन् । 

हत्या, हिंसा र लुट मच्याएर राजनीति नगरिने भन्दै रिमालले विप्लवको समूहलाई यही कारण नै प्रतिवन्ध लगाउनु परेको बताए । 

उनले राजनीति गर्छु भनेका खण्डमा फेरि प्रतिवन्ध हटाउने बताए । आतंक, हत्या र हिंसा प्रशासनबाट नै तह लगाइने भन्दै विप्लवको गतिविधि रोकिने रिमालले स्पष्ट पारे । 

उनले प्रशासनिक निकायबाट चल्ने भएकाले सुरक्षाकर्मीसंगै नेपाली सेना पनि प्रयोग हुन सक्ने बताए । 

ब्यापारीहरुलाई चन्दा नदिन आग्रह गर्दै उनले मैले पैसा दिन्न भनेर भन्न सक्न पर्यो भनेका छन् । 
ब्यापारीले सरकारसंग सुरक्षा मागे दिने समेत उनले बताए । 

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र छलफल गरेरै प्रतिवन्ध लगाइएको भन्दै यसबारेमा नेताहरुले बाहिर जेपायो त्यही बोल्दा आफ्नै बोली काटेजस्तो हुने बताए । 

विप्लवको पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै चर्को आलोचना भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ