arrow

रड र ढुङ्गा प्रहार गरि युवाको हत्या

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
Dead_Body.jpg.jpeg

खस्यौली ।  रुपन्देहीको देवदह नगरपालिकामा एक युवाको हत्या भएको छ । मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

स्थानीय खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनीमाथि रड र ढुङ्गा प्रहार भएको तथा उपचारका लागि देवदह मेडिकल कलेज लगेपछि मृत घोषणा गरिएको थियो । सो घटनामा संलग्न भएको आशङ्कामा केहीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ मल्लले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ