-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मोरङ। मोरङ बेलबारीकी २६ वर्षीया युवतीको हत्या आरोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङ पक्राउ परेका छन्।
बेलवारी नगरपालिका ४ की रमिला राईको हत्या गरी शव बेपत्ता बनाएको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।
राई फागुन १७ गते शुक्रबारदेखि हराएको सूचना पाएपछि सक्रिय भएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको हो।
राईको हत्या गरी शव सप्तकोशीमा फालेको खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए।
पक्राउ परेका गुरुङले युवतीलाई कोठामै हत्या गरी गाडीमा शव लगेर सप्तकोशीमा फालेको स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ ।
राईसँगको सम्वन्ध आफ्नी पत्नीले थाहा पाउने डरले गुरुङले उनको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
पतिसँग सम्वन्ध विच्छेद गरेर बसेकी राईसँग नेकपाका स्थानिय नेता समेत रहेका गुरुङको निकट सम्वन्ध रहेको अनुसन्धानबाट देखिएको प्रहरीको दावी छ।