नेकपा छोडेर कांग्रेस आएका कार्यकर्तालाई सभापतिले गरे स्वागत
प्रकाशित २०७५ फागुन २६ आइतबार
784
Shares
बागलुङ । बागलुङमा नेकपा छोडेर दुई दर्जन भन्दा बढि कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन । जिल्लाको दक्षिण जैमिनी नगरपालिका क्षेत्र र पश्चिम निसीबाट युवाहरु कांग्रेसमा प्रवेश गरेका महासमिति सदस्य भिम श्रीषले बताए । नव प्रवेशिलाई नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माले स्वागत गरेका थिए ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, रत्ना शेरचन, आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल, युवा नेता रामहरी खतिवडा,कांग्रेसका बागलुङका पुर्व सभापति एवं पुर्व सांसद गोविन्द्र प्रसाद शर्मा कंडेल, पुर्व सभापति एवं गण्डकी प्रदेशका प्रमुख सचेतक मणिभद्र शर्मा कंडेल, युवा नेता रामहरी खतिवडा, भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल तरुण दलका केन्द्रीय सदस्य जितजंग बस्नेत, पुर्व सांसद नरबहादुर पुन निरज, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, क्षेत्रीय सभापति नारायण पौडेल, भुपूसैनिक संघका केन्द्रीय सदस्य हरिबहादुर भण्डारी लगायतले बोलेका थिए ।
गाउँगाउँबाट हजारौं कार्यकर्ताको उपस्थित रहेको कार्यक्रम सभापति दिपेन्द्र बहादुर थापाको अध्यक्षता कोषाध्यक्ष उमेश गौतमको स्वागत र सचिव नवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।