ओली नेतृत्व सरकारले महिलाहरुलाई सुरक्षा दिन असफल : उपसभापति निधी
राजनकुमार सिंह,
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
502
Shares
जनकपुर। नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले केपी ओली नेतृत्वको वर्तमान सरकार महिलाहरुलाई सुरक्षा दिन नसकेको बताएका छन। देशभर महिलाहरुमाथि बलात्कार, हत्या, हिंसा सहितका अत्याचार बढेपनि सरकार चुप लागेर बस्नुले अपराधीलाई पश्रय दिएको प्रष्ट भएको बताएका छन।
'लैगिंक समानताका लागि समान सोंच र दुव्र्यवहार समृद्धिको आधार' नाराका साथ १०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुक्रवार नेपाल महिला संघ धनुषाले जनकपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता नीधिले प्रदेश नं. २ सरकार 'बेढी पढाउ, बेटी बचाउ' नारामै सिमित रहेको र केन्द्र र प्रदेश दुबै सरकारको व्यवहार समान रहेको बताए।
मधेशको नाउंमा जनतालाई भ्रमित पारी मत लिएका मधेशवादी दलहरु मधेशी जनतालाई ठग्ने काम मात्र गरेको उनले बताए। उनले प्रदेश नं. २ को नाम मिथिला भाजपुरा राख्नुपर्नेमा जोड दिए। नेपाल महिला संघ धनुषाका अध्यक्ष तुल्सा आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना, रामकृष्ण यादव , महेन्द्र यादव, प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव, प्रदेश सभासद शिवचन्द्र चौधरी, सरस्वती चौधरी, नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी, उपसभापति संतोष यादव, सचिव विशेश्वर यादव, युवा नेता प्रफुल्ल राज घिमिरे, क्षेत्रिय सभापति कन्हैया कर्ण, नगर सभापति मनोज साह, पुर्व क्षेत्रिय सभापति धिरेन्द्रमोहन झा, पुर्व जिल्ला सचिव राजकिशोर सिंह सहितका नेताहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा हजारौंको संख्यामा महिलाहरुको सहभागिता रहेको थियो।