भारतमा करोडपति भन्दा अर्बपतिको संख्या तीब्र रुपमा बढ्दै
प्रकाशित २०७५ फागुन २३ बिहिबार
604
Shares
काठमाडौं । भारतमा २०१८ मा कूल करोडपतिहरुको संख्या बढेर ३ लाख २६ हजार ५२ पुगेको थियो । यो आँकडा पछिल्लो पछिल्लो पाँच वर्षको तुलनामा ३० प्रतिशत बढी हो । उता, सबैभन्दा बढी पैसा भएका व्यक्तिहरु(अर्बपति)को संख्या बढेर १९४७ सम्म पुगेको छ । यूएचएनडब्ल्यूआईको क्याटागोरीमा राखिने यी महाधनाड्यहरु जसको कूल सम्पत्ति २ अरब रुपैयाँ भन्दा बढी छ। २०१३ देखि २०१८ को बीचमा यस्तो महाधनाड्यहरुको संख्या २४ प्रतिशतले बढेको हो ।
पछिल्लो एक वर्षमा (२०१७-१८) मा मात्रै देशमा अर्बपतिहरुको संख्या ७ प्रतिशत बढेको छ । जबकि करोडपतिहरुको संख्या ६ प्रतिशतले मात्रै बढेको देखिन्छ। नाइट फ्र्याङ्क वेल्थ रिपोर्ट २०१९ को तथ्यांक अनुसार अबको पाँच वर्षमा भारतमा अर्बपतिहरुको संख्या ३९ प्रतिशत बढेकर २ हजार ६ सय ९७ हुने अनुमान गरिएको छ । जबकि करोडपतिहरुको संख्या ३५ प्रतिशत बढेर ४ लाख ३८ हजार ७ सय ७९ हुने अनुमान गरिएको छ ।
२०१८ मा रूस तथा भारतमा करोडपति एवं महाधनवानहरुको संख्यामा भारी वृद्धि भएको थियो । यति मात्रै होइन २०१८ देखि २३ को बीचमा करोडपतिहरु एवं अर्बपतिहरु, दुबै श्रेणीहरुका धनाड्यको संख्या वृद्धिको दृष्टिले भारत रिपोर्टमा उल्लेख गरिएका सबै ४१ देश भन्दा अघि थियो । यो वृद्धि एशियाको साथ-साथ विश्व स्तरमा नै यो हिस्सा सबैभन्दा धेरै रहनेवाला छ। त्यतिबेलासम्म मुम्बई ७९७ जना र दिल्लीका २११ जनाका साथ क्रमश: पहिलो र दोस्रो हुनेवाला छ ।